Section 5
क्षेत्र निर्धारण तथा कार्य सूची
(१) यस ऐन बमोजिम कुनै प्रस्तावको वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्नुपूर्व सम्बन्धित निकायबाट त्यस्तो प्रस्तावको संक्षिप्त वातावरणीय अध्ययन र प्रारम्भिक वातावरणीय परीक्षणको हकमा कार्यसूची र वातावरणीय प्रभाव मूल्याङ्कनको हकमा क्षेत्र निर्धारण र कार्यसूची स्वीकृत गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको क्षेत्र निर्धारण र कार्यसूची तयार गर्ने तथा स्वीकृत गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।